दफा ४८
विदेशी व्यक्तिको सम्पति रोक्का राख्न आदेश दिने
  (१) अनुसन्धान अधिकारीले दिएको सूचना वा दफा ४२ बमोजिम तामेल भएको म्याद बमोजिम अनुसन्धान अधिकारी समक्ष उपस्थित नहुने कुनै विदेशी व्यक्तिको नेपाल भित्र कुनै सम्पति, हक, हित वा सरोकार रहेछ भने त्यस्तो व्यक्ति अनुसन्धान अधिकारी समक्ष उपस्थित नभएसम्म त्यस्तो सम्पत्ति, हक, हित वा सरोकार अनुसन्धान अधिकारीले तोके बमोजिम यथास्थितिमा राख्न वा नेपाल  बाहिर लैजान नपाउने गरी अनुसन्धान अधिकारीले आदेश दिन सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश पालन नगर्ने व्यक्तिलाई अनुसन्धान अधिकारीले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो आदेश पालन नगरेको कारणबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थालाई कुनै किसिमको हानि, नोक्सानी भएको रहेछ भने सो समेत निजबाट भराइनेछ ।